+
+

लागूऔषधसहित एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २० गते १८:२०
फाइल तस्वीर

२० कात्तिक, वीरगञ्ज । पर्सा प्रहरीले लागूऔषधसहित एक जना युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले चितवन भण्डारा-५ का २९ वर्षीय कमल ठाकुरलाई पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट टेम्पोमा आउँदै गरेका ठाकुरको डाईजेपाम २१ थान, नुफिर्न २१ थान र फेनारगन २१ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिए ।

रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको टेम्पोलाई प्रहरीले चेकजाँच गर्दा ठाकुरले लुकाई छिपाई ल्याई ल्याएको लागूऔषध बरामद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?