+
+
Shares

नीशाले सौगातलाई बोक्दा वेनिशाको यस्तो सेल्फी

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २१ गते १९:३६


मंसिर १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘झ्यानाकुटी’ले आफ्नो प्रचारलाई तिव्रता दिइरहेको छ । विशेषगरि, यूवापुस्ता लक्षित चलचित्रले काठमाण्डौका विभिन्न कलेजमा आफ्नो प्रचारलाई तिव्रता दिएको हो । चलचित्रको प्रचारका लागि नायक सौगात मल्ल, नायिका वेनिशा हमाल, निर्मात्री निशा अधिकारी विभिन्न कलेजमा पुगिरहेका छन् ।

राजधानीको मित्रपार्कमा रहेको टेक्सस इन्टरनेशनल कलेज र चाबहिलमै रहेको के यु सिटी कलेजमा उनीहरु चलचित्र प्रचारमा पुगेका थिए । दर्शकले आफ्नो मनपर्ने कलाकार देखेपछि सेल्फी मात्र खिचेनन्, विभिन्न जिज्ञासा पनि मेटाए । चलचित्रको पोष्टरमा नायिका वेनिशा हमालले नायक सौगात मल्ललाई बोकेकी छिन् ।

चलचित्रको पोष्टर जस्तै, नीशा नाम गरेकी एक विद्यार्थीले सौगातलाई बोकेकी थिइन् । नायिका नीशा अधिकारीले विद्यार्थीहरु नेपाली चलचित्रको बिषयमा अपडेट भएकोमा खुशी लागेको बताइन् । यस्तै, नायिका वेनिशा हमालले आफ्नो लुक्सलाई विद्यार्थीहरुले मन पराएकोमा खुशी लागेको बताइन् ।

नायक सौगात मल्लले विद्यार्थीहरुले नेपाली चलचित्रको बिषयमा जिज्ञासा राख्दा आफू उत्साहित भएको बताए । सिमोस सुनवारले निर्देशन गरेको यो चलचित्रको ट्रेलरले अहिले राम्रै चर्चा पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?