Comments Add Comment

अरु उम्मेदवारको हैसियत के छ ? म भोलि प्रधानमन्त्री हुन सक्छुः प्रकाशमान

 

२२ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्रनम्बर १ बाट उम्मेदवार बनेका कांग्रेस नेता प्रकाशमान सिंहले आफू भोलि प्रधानमन्त्री र पार्टी सभापति हुन सक्ने व्यक्ति भएको भन्दै भोट मागेका छन् ।

चुनावी अभियानका क्रममा बुधबार बुद्धनगरमा आयोजित सभामा कांग्रेस उम्मेदवार सिंहले वाम गठबन्धन र विवेकशील साझा पार्टीको आलोचना गरे ।

सिंहले दोस्रो पटक चुनाव जितेपछि सम्पर्क कार्यालय स्थापना गरेर विकास मात्र होइन, जागिर तथा सरुवाका लागि भनसुनसम्म गरेको दाबी गरे । उनले भने, ‘म प्रवल सम्भावना भएको व्यक्ति हुँ । पार्टी उपसभापति भएँ, पटकपटक मन्त्री र उपप्रधानमन्त्री भइसकेँ । अब फेरि चुनेर पठाउनु भयो भने के हुने सम्भावना छ तपाईहरु आफैं विचार गर्नुस् ।’

आफूलाई फेरि जिताएर पठाए भोलि कांग्रेस पार्टीको सभापति र प्रधानमन्त्री हुन सक्ने व्यक्ति भएको भन्दै उनले भने, ‘देश र पार्टी हाँक्न सक्ने उम्मेदवारलाई मत लिएर आफ्नो गौरव बढाउन चाहनहुन्न ?’

सिंहले आफ्नो प्रतिस्पर्धीसँग तुलना गर्दै उनीहरुले अवसर पाए पनि काम गर्न नसक्ने दाबी गरे । उनले भने, ‘अरु पार्टीका उम्मेदवारहरुको हैसियत के छ ? ठूलो नारा मात्र दिएर भएन । भर्खर च्याउ जस्तो उम्रिएका पार्टीका प्रतिनिधिले हुटिट्याउँले आकास थाम्छु भनेर हाँक्दैमा एक्लो हुटिट्याउँले आकास थाम्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment