Comments Add Comment

गर्भावस्थामा यौनसम्वन्धः कति जोखिम, कति आनन्द ?

गर्भावस्थामा यौन सम्बन्ध राख्न हुन्छ ? अक्सर दम्पतीबीच उठ्ने प्रश्न हो यो । भनाई के छ भने, गर्भावस्थामा यौन सम्बन्ध राख्दा गर्भको बच्चालाई असर गर्न सक्छ ।

तर, चिकित्सकको भनाई फरक छ । उनीहरु भन्छन्, ‘गर्भावस्था सामान्यरुपमा चलिरहेको छ भने यौनसम्बन्ध राख्न कुनै जोखिम हुँदैन ।’ गर्भवती महिलाको पानीको थैली फुट्दासम्म सम्भोग गर्न सकिने उनीहरुको भनाई छ ।

तर, असामान्य गर्भ भएमा, संवेदनशिल अवस्थामा भने यौन सम्बन्ध सुरक्षित मानिदैन । त्यसले जोखिम निम्त्याउन सक्छ । रक्तश्रावको समस्या भएका पनि चिकित्सकसँग परामर्श लिनुपर्ने हुन्छ ।

डराउनु पर्दैन

एउटा सामान्य गर्भावस्थामा सम्भोगलाई प्रारम्भिक चरणमा गर्भपात वा योनीको संक्रमणको कारण मानिदैन ।

योनीको संक्रमण भयो भने पनि चिन्तित हुनु पर्दैन । सम्भोगले यस संक्रमणको एन्टिबायोटिक उपचारमा कुनै वाधा गर्दैन । संक्रमणका बाबजुद सम्भोगका कारण शिशुले समयभन्दा अगाडि जन्म लिने सम्भावना अत्यन्तै न्यून रहन्छ । अध्ययनबाट पत्ता लागेको छ कि सामान्य वा स्वस्थ गर्भावस्थामा सम्भोग र समयभन्दा अगाडि शिशुको जन्मबिच कुनै सम्बन्ध हुँदैन ।

त्यसो त जो महिला गर्भावस्थाका दौरान नियमितरुपमा सम्भोग गर्छिन्, उनले शिशुलाई समयभन्दा अगाडि जन्म दिने सम्भावना न्यून बन्ने पनि बताइन्छ । पतीले माथिबाट श्रीमतीलाई सामान्य धक्का दिँदा पनि बच्चालाई कुनै असर गर्दैन किनकि गर्भाशयको मजबुत मांसपेशीले शिशुको रक्षा गर्छ ।

चरमोत्कर्षपश्चात महिलालाई बच्चा अलि धेरै हलचल गरेको महसुस हुन सक्छ । यो तीव्ररुपमा मुटु धडि्कएका कारण भएको हो न कि बच्चालाई कुनै असुविधा भएको ।

कस्तो अवस्थामा सम्भोग नगर्ने ?

डाक्टरले कुनै कुनै अवस्थामा गर्भवती महिलालाई सम्भोग नगर्ने सल्लाह पनि दिन सक्छन् ।
– रक्तस्राव
– पेट दुखाई वा ऐठन
– पानीको थैली फाट्नु
– ग्रीभाको कमजोरी
– प्लेसेन्टा पि्रविया तल अवस्थित हुनु
यदि श्रीमानलाई जनन्द्रिय दाद (जेनिटल हर्पिस) छ भने पनि सम्भोग नगर्ने सल्लाह डाक्टरले दिन सक्छन् । यदि महिलालाई गर्भावस्थाको दौरान पहिलोपटक जेनिटल हर्पिस भयो भने यसले गर्भमा बढिरहेको शिशु प्रभावित बन्ने थोरबहुत जोखिम हुन्छ ।

के गर्भावस्थाको संभोगमा पनि पहिलेकै जस्तो आनन्द हुन्छ ?

यो महिलामाथि निर्भर गर्छ । कोही महिलाहरुले पहिलेकै सरह मज्जा लुट्छन् त कसैले सक्दैनन् ।

गर्भावस्थाका दौराना महिलाको पेल्भिक एरियामा बढेको रक्त प्रवाहले कामोत्तेजना बढ्न पनि सक्छ । परन्तु यही कारण केही महिलले सहवासको समाप्तिपछि बेचैनी महसुस गर्न सक्छन् । केही महिलाहरुले गर्भावस्थाको दौरान आफ्नो यौनांगमा संवेदनशीलता कम भएको र पहिलेजस्तो चरमोत्कर्ष नभएको महसुस गर्छन् । धेरै महिलाहरुले सजिलैसँग चरमोत्कर्षमा पुग्न सक्दैनन् ।

केही गर्भवती महिलाहरुलाई सम्भोग गर्दा पीडा हुन्छ, यदि भित्रैसम्म भेदन भयो भने । तर यसलाई समाधान गर्न त्यस्तो आसन अपनाउन सकिन्छ जसमा भेदन कम हुन्छ र महिलाको नियन्त्रण हुन्छ ।
गर्भावस्थाका दौरान कयौं दम्पत्तिहरु सम्भोगको साटो मुख मैथुन वा हस्तमैथुन गरेर खुशी प्राप्त गर्छन् । यो पनि एउटा राम्रो विकल्प हो ।

के मुख मैथुन सुरक्षित छ ?

हो, सामान्य मुख मैथुनले गर्भवती महिला तथा उनको पेटमा रहेको शिशुलाई कुनै असर गर्दैन । यदि तपाईं सम्भोग गर्न डराउनुभएको छ भने मुख मैथुनबाट पनि आनन्द लिन सकिन्छ ।

मुख मैथुन गर्दा श्रीमानले श्रीमतीको योनीमा हावा फुक्नु भने हुँदैन । यसो गर्दा महिलाको रक्तवाहिकामा अवरोध पैदा हुन सक्छ । यसलाई ‘एयर एम्बोलिस्म’ भनिन्छ जसले शिशु र आमा दुवैलाई हानी गर्न सक्छ ।

कुन आसन आरामदायक हुन्छ ?

गर्भावस्थामा श्रीमतीमाथि श्रीमान खप्टिने सबैभन्दा आम आसन (मिसिनरी पोजिसन) आरामदायक हुँदैन । यसको बदलामा श्रीमान उत्तानो सुत्ने र माथिबाट थिच्ने आसन सबैभन्दा प्रभावकारी हुन्छ । यसबाट श्रीमतीमाथि दवाव पर्दैन भने कति भेदन गर्ने भन्ने पनि उनको नियन्त्रणमा रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment