Comments Add Comment

जाडोमा बढ्न सक्छ रक्तचाप, कसरी नियन्त्रण गर्ने ?

जाडो याम सुरु भइसकेको छ । यतिबेला उच्च रक्तचापका समस्या झेलिरहेकाहरु थप सर्तक हुनुपर्छ । किनभने जाडोमा उच्च रक्तचापको जोखिम बढी हुन्छ ।

त्यसैले जाडो याममा उच्च रक्तचापको जोखिमबाट बच्न सर्तकता अपनाउनुपर्छ । जस्तो कि, नियमित रक्तचाप परिक्षण गर्ने, नियमित औषधी सेवन गर्ने, पोषिलो खानेकुरा खाने, झोल एवं जुसको सेवन गर्ने गरौ । साथै शरीरमा आवश्यक तापमान कायम गर्नुपर्छ ।

बिहान आँखा खुल्नसाथ झटपट उठ्नु, सामान्य वार्मअप नगरी दौडनु पनि उच्च रक्तचाप रोगीका लागि घातक हुनसक्छ ।

सामान्यतयाः तनाव हुदाँ वा शारीरीक कसरत गर्दा मानिसको रक्तचाप बढ्ने गर्छ । विना कुनै काम बस्दा वा आराम गर्दा पनि रगतनलीमा रक्त प्रवाह तिब्र हुन्छ भने त्यसले मुटुलाई समेत असर गर्न सक्छ । जसका कारण मानिसलाई हृदयाघात हुने, मुटु सम्बन्धि रोग लाग्ने, स्ट्रोक हुने, मृगौला विग्रने, दृष्टी दोष तथा स्मरण क्षमता कमजोर हुने गर्छ ।

यसबाट बच्नको लागि चिकित्सकसितको परामर्शमा समयमै आवश्यक सर्तकता अपनाउन जरुरी छ ।

उपचार

नेपालमा प्रत्येक उच्च रक्तचापको समस्या भएका व्यक्तिहरुमध्य झण्डै आधाको उच्च रक्तचाप नियन्त्रणमा छ । यदी समयमै यसको पहिचान भएको अवस्थामाा उच्च रक्तचापलाई नियन्त्रण गर्न खासै समस्या छैन ।

जीवनशैली बद्लेर, सन्तुलित आहारको सेवन, उचित व्यायाम गरेर पनि उच्च रक्तचापलाई नियन्त्रण गर्न सकिन्छ । त्यसबाहेक, चिकित्सकको सल्लाह अनुसार औषधीको सेवनद्धारा पनि उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।

सोडियम तथा नुनको प्रयोग कम गर्ने

उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सोडियमको प्रयोग कम गर्न जरुरी छ । प्रत्येक दिन १५ सय मिलिग्राम भन्दा बढी सोडियमको प्रयोगले उच्च रक्तचापको समस्या निम्त्याउने गर्छ । विशेषगरी फास्डफुडहरुमा पाईने विभिन्न खानेकुराहरुमा ७५ प्रतिशतसम्म सोडियमको प्रयोग हुने भएकोले त्यस्ता खानेकुरासमेत सकेसम्म कम सेवन गर्न जरुरी छ ।

पौष्टिक आहारको सेवन

फलफुल तथा तरकारी लगायत भिटामिन, मिनरल, फाइबर लगायतका पोषणतत्वयुक्त खानेकुराको सेवनले मुटुलाई स्वस्थ्य राख्न मद्दत गर्ने हुदाँ सकेसम्म त्यस्ता खानेकुरा खान सल्लाह दिइने गरिन्छ ।

तौल नियन्त्रण गर्ने

उच्च रक्तचाप भएका मानिसहरुले रक्तचाप नियन्त्रण गर्न तौल घटाउन निकै जरुरी छ । तौल नियन्त्रण गर्नाले मुटुलाई स्वस्थ्य राख्नुका साथै मुटु रोगको जोखिम ५ देखि १० प्रतिशतले कम गर्छ ।

व्यायाम

देनिक करिब ३० मिनेटको व्यायाम स्वीमिङ्ग तथा वि्रस्क वाकिङ्ग पनि मुटु रोगी तथा उच्च रक्तचाप भएका मानिसहरुको लागि उपर्युक्त मानिन्छ । उच्च रक्तचापका साथमा अन्य रोग पनि छ भने चिकित्सकको सल्लाह अनुसार व्यायाम गर्नु उचित हुन्छ ।

मदिराको सेवनबाट टाढा रहने

मदिरा स्वास्थ्यको लागि निकै घातक मानिन्छ । मदिरोको सेवनले रत्तचाप अझै उच्च हुने तथा रक्त प्रवाह तीव्र हुने गर्छ । साथै मदिराको अधिक सेवनले उच्च रक्तचापलाई मात्र नभई शरीरका अन्य अंगहरुलाई समेत असर पार्ने हुदाँ यसबारे समयमै ध्यान दिन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment