Comments Add Comment

‘रोमियो, मेला, तान्द्रो र सकस’ रिलिज


४ चलचित्र एकसाथ रिलिज हुनु, नेपाली चलचित्रका लागि दुर्भाग्य नै हो । तर, चलचित्र क्षेत्रमा यस्ता कुरामा ध्यान दिने निकाय सबै सुस्ताउँदा निर्माताहरु आफू आफू नै लडिरहेका छन् ।

आज शुक्रबारदेखि चलचित्र घरमा ४ चलचित्र रिलिज भएका छन् । हरि पन्तको प्रस्तुती, बसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘मेला’ हलमा लागेको छ । सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मी अभिनित यो चलचित्रले बिहानी शोमा सुखद सुरुवात गरेको निर्माता हरि पन्तले जानकारी दिएका छन् । उनले भने-‘बिहानी शोमा चलचित्रको व्यापार सुखद छ । सबै हलमा दर्शकको उपस्थिती सन्तोषजनक नै छ ।’

यस्तै, आजैबाट निर्माता हसनराजा खानको निर्माण, शंकर कार्कीको निर्देशनमा तयार भएको चलचित्र ‘रोमियो’ पनि रिलिज भएको छ । चलचित्रमा हसनराजा खान, नीशा अधिकारी, मेलिना मानन्धर, ओसिमा बनुको मुख्य भूमिका छ ।

आजैबाट, दयाहाङ राइको केन्द्रिय भूमिका रहेको चलचित्र ‘तान्द्रो’ पनि हलमा लागेको छ । साप्तेन भुटियाले यो चलचित्र निर्देशन गरेका हुन् । यस्तै, चलचित्र ‘सकस’ पनि आजैबाट रिलिज भएको छ । यस्तै, चलचित्र ‘ऐश्वर्य’ तेश्रो हप्तामा प्रवेश गरेको छ भने ‘फाटेको जुत्ता’ दोश्रो हप्तामा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment