Comments Add Comment

युनियन फाइनान्स र साझा विकास किनेको देवःको एकिकृत कारोबार सुरु

२४ कात्तिक,काठमाडौं । युनियन फाइनान्स र साझा विकास बैंकलाई प्राप्ति गरेर देवः विकास बैंकले एकिकृत कारोबार प्रारम्भ गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले यससँगै बैंकको चुक्ता पूँजी १ अर्ब ६३ करोड पुग्ने र निकट अवधिमै ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने बताए । उनले बोनस सेयर समेत वितरण गरिने जानकारी दिए । प्राप्ति भएका संस्थाका दक्ष कर्मचारीहरुको अनुभवबाट व्यवसाय विस्तारमा थप सहयोग हुने र लगानीकर्ताहरुलाई उचित प्रतिफल प्रदान गर्न बैंक सफल हुने विश्वास श्रेष्ठको छ ।

बैंकले कैलालीको धनगढी र पोखरामा पनि शुभारम्भ कार्यक्रम गरेको छ । देवः विकास बैंकको निक्षेप रु. १२ अर्व ७८ करोड तथा कर्जा रु. ११ अर्व २८ करोड पुगेको छ । पूर्वको पथरी देखि पश्चिममा महेन्द्रनगरसम्म बैंकका ४९ शाखा तथा सेवा केन्द्रको सञ्जाल पुगेको छ । बैंकले नेपालगञ्ज, कोहलपुर, वुटवल र विरगञ्जमा थप शाखा विस्तारपछि यस बैंकले मध्य तराइमा समेत व्यवसाय विस्तार गर्ने योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment