Comments Add Comment

काठमाडौंमा रहेका सिन्धुवासीलाई भेला गरी नयाँ शक्तिका उम्मेदवारले यसरी भोट मागे

२४ कात्तिक, काठमाडौं । काठमाडौंमा बसोबास गरिरहेका सिन्धुपाल्चोवासीलाई भेला गरी नयाँ शक्तिका उम्मेदवारहरुले आसन्न चुनावमा मतदान गर्न अपील गरेका छन् ।

शुक्रबार चावहिलमा आयोजित कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का प्रत्यक्षतर्फका उम्मेदवार श्यामबाबु गौतम, क्षेत्र नम्बर १ ‘क’बाट प्रदेशसभा उम्मेदवार नमराज श्रेष्ठ र समानुपातिक उम्मेदवार पदमलाल श्रेष्ठले आर्थिक सम्बृद्धिका लागि नयाँ शक्तिलाईको चुनावचिहृन आँखामा मतदान गर्न आग्रह गरे ।

नयाँ शक्ति बिद्यार्थी युनियनका अध्यक्षसमेत रहेका प्रतिनिधिसभाका उम्मेदवार गौतमले प्रत्यक्ष निर्वाचित कार्यकारी र आर्थिक सम्बृद्धिको मुद्धा उठाएकैले आफूले बाबुराम भट्टराई र उनको अभियानलाई साथ दिएको बताए ।

कार्यक्रममा उपस्थित नयाँ शक्तिका नेताहरू गंगा श्रेष्ठ, हिसिला यमी, करिस्मा मानन्धर लगायतले सिन्धुपाल्चोकका उम्मेदवारलार्इ जितको शुभकामना दिँदै नयाँ नेपाल निर्माणका लागि नयाँ शक्तिका उम्मेदवारलार्इ मतदान गर्न अपील गरेका थिए ।

सिन्धुपाल्चोक १ मा कांग्रेसबाट मोहनबहादुर बस्नेत, वाम गठबन्धनबाट माओवादी नेता अग्नि सापकोटासँगै गौतम चुनावी प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment