Comments Add Comment

पूर्वको चुनावी प्रचारमा देउवा, पाथीभरा दर्शनपछि आज ३ सभालाई सम्बोधन गर्ने


२५ कात्तिक, ताप्लेजुङ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पूर्वी जिल्लाहरूकाे चुनावी प्रचारमा निस्कने भएका छन् ।

उनले अाजै ताप्लेजुङसहित पूर्वका तीन जिल्लाको चुनावी सभालाई सम्बोधन गर्ने छन् ।

हेलिकोप्टरमार्फत शनिबार बिहान १० बजे ताप्लेजुङ जाने तयारीमा रहेका प्रधानमन्त्री देउवाले चुनावी सभालाई सम्बोधन गर्नुअघि ताप्लेजुङमा रहेको पाथिभरा देवीको दर्शन गर्ने कार्यक्रम छ ।

बिहान साढे १० बजे पाथिभरा दर्शन गर्ने र त्यसपछि ताप्लेजुङ सदरमुकामस्थित तोक्मेडाँडामा आयोजित चुनावी सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका रहेको जानकारी कांग्रेस फुङलिङ नगरपालिका सभापति शिवकुमार गुरुङले दिए ।

तोक्मेको आमसभापछि आजै प्रधानमन्त्री देउवाले पाँचथर र सोलुखुम्बुको चुनावी सभालाई समेत सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री देउवासँगै कांग्रेस नेता बालकृष्ण खाँणले समेत सभाहरुलाई सम्बोधन गर्नेछन् ।

सुरक्षा व्यवस्थामा कडाइ

प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गर्न पूर्व पुगेपछि सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । ताप्लेजुङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले सुरक्षा व्यवस्था बलियो पारिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment