Comments Add Comment

सपोर्ट माइक्रो २१ लाख नोक्सानमा


२६ कात्तिक, काठमाडौं । चालु आवको पहिलो त्रैमासमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था २१ लाख रुपैयाँले नोक्सानमा रहेको छ ।

कात्तिकमा प्राथमिक सेयर निष्कासन र बाँडफाँट गरेको कम्पनीको पुँजी उपलब्धतासँगै आगामी त्रैमासहरुमा नाफा बढ्न सक्ने देखिन्छ ।
कम्पनीको प्रोभिजनिङ बढेर ३८ लाख पुगेपछि सञ्चालन नोक्सन भएको छ । कम्पनी २९ लाख ३३ हजार सञ्चालनमा नोक्सानमा रहेको छ ।

कम्पनीमा खराब कर्जाको अंश केही बढेको र यो कुल कर्जाको ३.८६ रहेको छ । कम्पनीले २९ करोड कर्जा लगानी गरेको छ । कम्पनीले अन्य बैंक तथा वित्तीय संस्थाबाट २७ करोड सापटी पाएको छ । यता, कम्पनीले सामुदायिक सदस्यहरुबाट ३ करोड ५५ लाख निक्षेप संकलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment