+
+

ऋण असुल्न लघुवित्तले कठोर विधि अपनाउन नपाउने

लघुवित्त वित्तीय संस्थाले ऋण असुली गर्दा कुनै पनि किसिमको अपमानजनक एवं कठोर विधि अपनाउन नपाउने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १ गते १९:०१

१ माघ, काठमाडौं । प् वित्तीय संस्थाले ऋण असुली गर्दा कुनै पनि किसिमको अपमानजनक एवं कठोर विधि अपनाउन नपाउने भएको छ ।

नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूका लागि जारी गरेको ‘एकीकृत निर्देशन, २०८१’ ले यस्तो व्यवस्था गरेको हो ।

त्यसैगरी, बचत लिँदा बचतको ब्याजदरसमेत ग्राहकलाई लिखित रूपमा जानकारी गराउनुपर्ने र ग्राहकको सहमति नलिई उसको खाताबाट कुनै रकम कट्टा गर्न नपाउने व्यवस्था एकीकृत निर्देशनमा उल्लेख छ ।

सरल भाषा प्रयोग
लघुवित्त वित्तीय संस्थाले ग्राहकलाई उपलब्ध गराउने सेवासम्बन्धी जानकारी वा सूचनामा प्रयोग गरिने भाषा सरल र स्पष्ट हुनुपर्ने एकीकृत निर्देशनमा उल्लेख छ । त्यसैगरी, लघुवित्तले ग्राहकसँगको कारोबारमा प्रयोग हुने कागजात ग्राहकले सजिलै पढ्न वा बुझ्न सकिने बनाउनुपर्ने पनि निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?