News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले धितोमा प्रवाह गर्ने कर्जाको अधिकतम सीमा ७ लाखबाट १५ लाख रुपैयाँ पुर्याएको छ।
- राष्ट्र बैंकले ऋणीको कर्जा भुक्तानीमा समस्या देखिए कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाउने जनाएको छ।
- बैंक तथा वित्तीय संस्थामा तरलता अधिक भए पनि कर्जा प्रवाह न्यून हुँदा लघुवित्तलाई कर्जाको सीमा फराकिलो बनाइएको हो।
१५ मंसिर, काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले धितोमा प्रवाह गर्ने कर्जाको अधिकतम सीमा बढाइएको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लघुवित्त वित्तीय संस्थाले धितोमा प्रवाह गर्न पाउने कर्जाको अधिकतम सीमा १५ लाख पुर्याएको हो । यसअघि लघुवित्तले धितोमा ७ लाख रुपैयाँसम्म मात्रै कर्जा दिन पाउने व्यवस्था थियो ।
त्यस्तै लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीको कर्जा भुक्तानीमा परेको समस्यालाई ध्यानमा राख्दै कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता रहेको तर कर्जा प्रवाह न्यून रहेपछि राष्ट्र बैंकले लघुवित्तहरुलाई पनि कर्जाको सीमा फराकिलो बनाएको हो ।
प्रतिक्रिया 4