Comments Add Comment

दोस्रो सताक्षी गोल्डकप मंगलबारदेखि

२६ कात्तिक, झापा । आगामी कात्तिक २८ गते मंगलबारदेखि हुने दोस्रो संस्करणको सताक्षी गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजक सतासीधाम स्पोर्टिङ क्लबले जनाएअनुसार शिवसताक्षीमा खेलकुद एकाडेमीको सञ्चालन गर्ने उद्देश्यसहित स्थानीयस्तरबाट स्रोत व्यवस्थापन गरी प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा रमपम झापा-११, नेपाल आर्मी, सशस्त्र प्रहरी, मनाङ मर्स्याङ्दी, मोरङ-११, चर्च ब्वाइज, रुपन्देही ११, भारतको डायमण्ड अफ फुटबल एकाडेमी, पोखरा-११ र आयोजक सतासीधाम स्पोर्टिङ क्लब गरी १० वटा टिमले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष रमेश लावतीले जानकारी दिए ।

प्रतियोगिता अन्तरगत उद्घाटन खेल रमपम झापा-११ र पोखरा ११ बीच हुनेछ ।

प्रतियोगिताको उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाण-पत्र पाउनेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलार्इ नगद ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै, प्रतियोगितामा उच्च गोलकर्ताले २५ हजार, उत्कृष्ट मिड फिल्डर र उत्कृष्ट फरवार्डले २० हजार र हरेक खेलको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

झिलझिलेको गणेशमान सिंह अध्ययन प्रतिष्ठानको मैदानमा हुने प्रतियोगिताको फाइनल मंसिर ७ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment