Comments Add Comment

बार्सिलोना जाने इच्छा छैन, लिभपुरमै खुुसी छुः काउटिन्हो

२७ कात्तिक, काठमाडौं । फिलिप काउटिन्होले आफू लिभरपुलमा खुसी रहेको भन्दै स्पेनिस क्लब बार्सिलोना जाने कुनै इच्छा नरहेको बताएका छन् ।

ब्राजिलियन विंगर काउटिन्होले गत समरमा बार्सिलोना जान क्लबसाग अनुमति मागेका थिए । तर, बार्सिलोनाको प्रस्ताव लिभरपुलले स्वीकार गरेन ।

बार्सिलोनाले जनवरीमा पनि काउटिन्होलाई भित्र्याउन प्रयास गर्ने योजना बनाएको छ ।

तर, काउटिन्होले भनेका छन्, ‘म विश्वको ठूलो मध्येको एक लिग खेलिरहेको छु । र, अहिले म खुसी छु ।’

साथै अलराउण्ड फुटबलर बन्नका लागि आफूले अझ मेहनत गरिरहेको पनि उनले बताए ।

हिपमा समस्या भएका कारण उनले लिभरपुलका पछिल्ला तीन खेल गुमाएका छन् । आफू पूर्ण रुपमा फिट भएको भन्दै उनले भनेका छन्, ‘इंग्ल्याण्डविरुद्ध खेल्न म पूर्ण रुपमा तयार छु । म ब्राजिलको खेल गुमाउन चाहन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment