२७ कात्तिक, रोल्पा । रोल्पामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका थप एक जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
यही कात्तिक २२ गते पक्राउ परेको नेताहरुको रिहाइको माग गर्दै सोमबार रोल्पा बन्दको आव्हान गरेका बेला प्रहरीले थप एक जना कार्यकर्तापक्राउ गरेको हो ।
प्रहरीले जिल्लाको लुङ्ग्री गाउँपालिका-१ बाट जिल्ला सदस्य टाइगर भनिने धनबहादुर खत्रीलाई पक्राउ गरेको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनाव नजिकिएसँगै विप्लव कार्यकर्ताहरुले निर्वाचन विरोधी गतिविधि गर्न थालेपछि प्रहरीले निगरानी बढाएको हो ।
यसअघि प्रहरीले जिल्ला इन्चार्ज जागृती र सेक्रेटरी प्रयासलाई पक्राउ गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4