Comments Add Comment

जिल्ला समन्वय समिती बारामा राजपाको नेतृत्व पक्का

ठूलो शक्ति मानिएको कांग्रेस मनोनयनमै गएन

२७ कात्तिक, बारा । नेपाली कांग्रेसले मनोनयन दर्ता नगरेपछि जिल्ला समन्वय समिती बाराको राजपाले नेतृत्व लिने पक्का भएको छ ।

सोमबार कलैयामा मनोनयन दर्ता गर्न पुगेका राजपाका नवलकिशोर सिंहले अन्य दलबाट मनोनयन नपरेपछि नेतृत्व पक्का भएको बताए ।

जिल्ला समन्वय समितिमा जिल्लाका १६ स्थानीय तहबाट ३२ जना मतदानमा सहभागी हुनेछन् । उपमहानगरपालिका र नगरपालिकाका मेयर र उपमेयर तथा गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी ३२ जननिर्वाजित जनप्रतिनिधिले समन्वय समितीको नेतृत्व तय गर्नेछन् ।

मनोनयमा सभापतिका रुपमा राजपाका नवलकिसोर सिंहले उम्मेदवारी दर्ता गराएका छन् भने उप-सभापतिमा एमालेकी तुलसा मैनाली र फोरम लोकतान्त्रिकका पवन ब्याउतले उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसका जिल्ला सभापति जयचन्द्र चौरसियाले आन्तरिक कारणले उम्मेदवारी दर्ता गराउन नसकिएको बताएका छन् । तयारी भएपनि अन्तिम अवस्थामा पार्टीबीच कुरा नमिल्दा जिल्ला समन्वय समितीको नेतृत्व तह कांग्रेसको हातबाट फुत्किएको स्वीकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment