Comments Add Comment

‘क्विन’का लागि पसिना बगाउँदै तमन्ना


साउथ चलचित्रकी सुपरस्टार तमन्ना भाटिया हिन्दी चलचित्र ‘क्विन’ को तेलुगु रिमेकमा काम गर्दै छिन् । ‘क्विन’मा मुख्य भुमिका निर्वाह गर्ने भएपछि अहिले तमन्नाको दैनिकी फेरिएको छ ।

उनी अहिले सोही चलचित्रमा काम गर्नका लागि कडा शारीरिक अभ्यासमा छिन् । जीम गर्नुको अतिरिक्त समुन्द्र किनारमा पसिना बगाउन थालेकी छिन् । समुन्द्रको किनारमा कुनै किसिमको प्रदुषण नहुने भएकाले शारीरिक ब्यायामस्थल समुन्द्रलाई रोजेको उनको भनाई छ ।

उनलाई प्रशिक्षकले वजन केही कम गर्न सुझाब दिएका छन् । उनी अहिले हरेक दिन दैनिक दुई घण्टा ब्यायाममा रमाउँछिन् । ‘क्विन वन्स अगेन’ शीर्षकमा बन्ने उक्त चलचित्रको निर्देशन राष्ट्रिय पुरस्कार बिजेता ‘नीलकान्तले गर्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment