निर्माता अर्जुन कुमारले आफू निर्मित चलचित्र ‘फाटेको जुत्ता’ नाफामा गएको बताएका छन् । अर्जुनका अनुसार चलचित्र दोश्रो साताबाट नाफामा गएको हो ।
उनले पहिलो साताबाट आफूलाई देशभरबाट १ करोड शेयर आएको समेत बताए । अर्जुनले भने-‘दोश्रो साताबाट चलचित्रले जति पैसा कमाउँछ, त्यो मलाई फाइदा हो ।’ उनले चलचित्रले दोश्रो हप्ताको सोमबारसम्म ३ करोड ग्रस कलेक्शन गरेको जानकारी दिए ।
चलचित्र हेर्नका लागि दोश्रो हप्ताको शनिबार पनि हलमा दर्शकको बाक्लो भिड लागेको थियो । दोश्रो हप्तामा पनि मप्टिप्लेक्समा चलचित्रको व्यापार सुखद छ ।
निकेश खड्काले निर्देशन गरेको चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की लगायतका कलाकारको अभिनय छ । मधेसको कथालाई उठान गरेको चलचित्रले समिक्षा भने सकारात्मक पाउन सकेन । अर्जुनले चलचित्र ‘फाटेको जुत्ता २’मा गल्तीहरु सुधार्दै काम गर्ने बताए ।
यसपटक, चलचित्रको प्रचारमा अपनाइएका तरिकाहरुले काम गरेको छ । कलाकारले खासै साथ नदिएपनि आफू सफल भएको भन्दै अर्जुनले केही दिन अगाडि पत्रकार सम्मेलन नै गरेर खुशी साटेका थिए ।
प्रतिक्रिया 4