Comments Add Comment

उन्नत जातको बिऊ नपाउँदा बारामा आलुको उत्पादन घट्यो

२९ कात्तिक, सिमरा । बाराका किसानहरु उन्नत जातको आलुको बिऊ समयमा नपाउँदा लगानी अनुसारको उत्पादन नभएपछि चिन्तित बनेका छन् ।

मुख्य आय श्रोतको रुपम रहेको तरकारी खेती अन्तर्गत नगदे बालीको रुपमा रहको आलु खेतीबाट लगानी अनुसारको उत्पादन हुन सकेको छैन ।

जिल्ला कृषि विकास कार्यालय कलैया बाराले मौसम अनुसारको खेतीका लागि किसानलाई उन्नत जातको बिऊ पुर्‍याउन नसकेको गुनासो किसानहरुको छ ।

अहिले कठ्ठामा ४/५ क्विन्टल उब्जनी भैरहेकोमा उन्नत जातको बिऊ प्रयोग गरी ठीक समयमा खेती गरे उब्जनी बढेर प्रति कठ्ठाको ७/८ क्विनटल सम्म हुने स्थानीय कृषक सिताराम साहले बताए ।

यता बाराका किसानहरुले उन्नत जातका बिऊको प्रयोग नगर्दा आलुको उत्पादकत्व घटेको जिल्ला कृषि विकास कार्यलय बाराले जनाएको छ । जिल्लाको ७ हजार ३० हेक्टर जमिनमा आलु खेती हुने गरेको यस जिल्लाका किसानहरुले उन्नत जातको बिऊ प्रयोग नगर्दा लगानी अनुसारको उत्पादन गर्न नसकेको जिल्ला कृषि विकास कार्यलय बारा प्रमुख शिवरत्न साहले स्वीकारे ।

कृषकसमक्ष उन्नत जातको बिऊ पुर्‍याउन पि्र-वेसिक सिड अर्थात मुल बिऊ कृषकहरुलाई उपलब्ध गराउँदै आएको कार्यलय प्रमुख साहले बताए । बिऊ कम भएकाले माग अनुसार किसानहरुलई दिन नसकेको स्वीकार गर्दै प्रति गोटा १८ रुपैयाँ पर्ने बिउ mकिसानलाई सहुलियत दरका उपलव्ध गराइएको उनले दाबी गरे ।

आलु खेतीमा बारा जिल्लामा प्रति हेक्टर १५ मेटि्रकटन उत्पादकत्व रहेको जानकारी दिँदै साहले सही तरीकाले खेती गरे उत्पादकत्व बढ्ने बताएका छन् ।

बाराका व्यवसायिक आलु कृषकहरुलाई यससम्बन्धी तालिम, उचित बजार र आलुमा लाग्ने रोग नियन्त्रणका लागि समयमा अनुगमनको आवश्यकता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment