Comments Add Comment

कांग्रेसका अन्तिम प्रधानमन्त्री देउवा हुन्ः केपी ओली

बाबुराममाथि व्यंग्य– कर्कलोलाई बञ्चरो !

२९ कात्तिक, गोरखा । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको अन्तिम प्रधानमन्त्री शेरबहादुर देउवा भएको बताएका छन् ।

निर्वाचनपछि बाम गठबन्धनको सरकार बन्ने भन्दै गोरखाको पालुङटारमा आयोजित चुनावी सभामा ओलीले भने, ‘मंसिर १० र २१ गते बुढो रुख ढल्छ । बामपन्थीको आँधी तुफानले रुख भित्रभित्रै खोक्रो भइसकेको छ ।’

गोरखा क्षेत्र नं. २ मा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईप्रति लक्षित गर्दै ओलीले बुढा रुखको आडमा सीसा र प्लाष्टिकको आँखा लिएर काम नभएको टिप्पणी गरे ।

कांग्रेसले बबुरा अध्यक्ष लिएर कुदेको भन्दै ओलीले भने, ‘कांग्रेसप्रति समवेदना व्यक्त गर्न चाहन्छु ।’

‘पहिले रुखको हाँगा भाँचेर हिँड्थे’, ओलीले थपे, ‘अहिले आँखा लिएर हिँड्न मिलेन ! एउटा अध्यक्ष र केही कलाकार भएको पार्टीलाई बोकेर काम छैन ।’

अर्काे प्रसंगमा ओलीले कर्कलोलाई बञ्चरो चलाउनु आवश्यक नरहेको भन्दै बाम गठबन्धनबाट कांग्रेस अत्तालिएको बताए ।

एमाले अध्यक्ष ओली गोरखामा नारायणकाजी श्रेष्ठको चुनावी अभियानलाई सहयोग गर्न पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment