Comments Add Comment

हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल पुस ८ देखि

२९ कात्तिक, काठमाडौं । २०७२ सालको बिनाशकारी भूकम्पमा निधन भएका खेलकुद पत्रकार सुमन भोम्जनको स्मृतिमा आयोजना हुने हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकपको तेस्रो संस्करण फुटबल आगामी पुस ८ देखि १५ गतेसम्म हुने भएको छ ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगितामा ८ टोलीको सहभागिता रहने गरी तयारी गरिएको जानकारी दिएको छ ।

तीन बिभागीय टोलीसहित ६ ए डिभिजन क्लव, आयोजकको टोली र भारत वा भूटानमध्ये एक टोलीलाई प्रतियोगितामा सहभागी गराउने तयारी प्रतिष्ठानको छ ।

यसअघि दोस्रो संस्करणमा १० टोली सहभागी भएकोमा नेपाल आर्मीले उपाधि जितेको थियो ।

प्रतियोगिताको उपाधि बिजेताले ५ लाख र उपबिजेताले ३ लाख पुरस्कार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ३० हजार, अनुशासित टिमले १० हजार र हरेक खेलको म्यान अफ द म्याचले ५ हजार पुरस्कार पाउनेछन् ।

प्रतिष्ठानले सामाजिक उत्तरदायित्व अन्तर्गत महिला, बालबालिका र युवाको जनचेतना अभिबृद्धि गराउने उद्देश्यले प्रतियोगिताको बीचमा एक दिन अन्तर बिद्यालय प्रदर्शनी फुटबलको आयोजना गर्ने जानकारी दिए । जसलाई ‘साइन द फ्यूचर’ नाम दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment