Comments Add Comment

महोत्तरी जिससमा राजपा-फोरम प्यानल विजयी

२९ कात्तिक, महोत्तरी । जिल्ला समन्वय समिति महोत्तरीमा राजपा-फोरम प्यानल विजयी भएको छ ।

बुधवार भएको निर्वाचनमा राजपा-फोरम गठबन्धनबाट संयोजकमा राजपाका सुरेशप्रसाद सिंह १६ मत ल्याएर विजयी भएका छन भने सह-संयोजकमा संघीय समाजवादी फोरम नेपालका सुरेश यादव १८ मत ल्याएर विजयी भएका छन् ।

महिला सदस्यहरुमा राजपाकी रीता देवी, राजपाकै ललिता देवी महासेठ र राजपाकि पुनमदेवी साह विजयी भएका छन् ।

दलित र अल्पसंख्यकमा राजपाका राम लखन पंजियार विजयी भए । त्यस्तै सदस्यहरुमा राजपाका सुदिप कुमार झा,कामेश्वर साह र सरयुग यादव विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment