Comments Add Comment

जाडोमा सताउन सक्छ रुघाखोकीले, भान्सामै छ औषधी

दिनदिनै जाडो बढ्दैछ । जाडोको प्रभाव शरीरमा रहन्छ नै । यसले रुघाकोखीको समस्या निम्त्याउँछ । खासगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुलाई रुघाखोकीले सताउँछ । बच्चा, रोगी, बृद्धबृद्धा यसको चपेटामा पर्छन् । रुघाखोकी सामान्य भएपनि यसले जटिल रुप लिने संभावना रहन्छ, यदि समयमै ख्याल नगरिए । त्यसैले यसको निदान खोज्नुपर्छ ।

यद्यपी रुघाखोकीबाट छुटकारा पाउनका लागि सजिलो छ । वा रुघाखोकी लाग्नै नदिने उपाय पनि हो यो । ज्वानो सेवन गर्नुपर्छ ।

ज्वानो, जो तपाई/हाम्रो भान्सामा सजिलै पाइन्छ । ज्वानोको रस खानासँग पनि सेवन गर्न सकिन्छ । यसलाई अन्य पेय जस्तै पिउँदा पनि हुन्छ । खासमा ज्वानोको रस स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ ।

चिसो मौसममा नियमित ज्वानो पानीको सेवनले शरीरलाई कयौ समस्याबाट बचाउँछ । ज्वानो पानीकै सेवनले शरीरमा के के फाइदा पुग्छ त ?

-नियमित रुपमा ज्वानो पानीको सेवनले मधुमेहको समस्या ८० प्रतिशतले कम हुनुका साथै यसको नियमित सेवनले मुटु सम्बन्धि समस्या कम भएर जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment