Comments Add Comment

इश्वर पोखरेललाई भोट माग्दै कोमल वली टोखामा

३० कात्तिक,काठमाडौँ । एमाले महासचिव इश्वर पोखरेलले राष्ट्रियस्तरका कलाकारलाई साथमा लिएर टोखामा घरदैलो थालेका छन् । काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका पोखरेल विहीवार कोमल वली,दिनेश डिसी,निखिल उप्रेती गलायतका कलाकार सहित टोखा प्रवेश गरेका थिए ।

पोखरेललाई भोट माग्न गएका कलाकारहरुले वामपन्थी गठबन्धनले जितेमात्र देशले स्थायित्व पाउने भन्दै यसपटक अरुतिर नसोच्न आग्रह गरेका थिए ।

अघिअघि महासचिव पोख्रेल अनि पछिपछि कलाकार र कार्यकर्ताको हुल करिब तीन घण्टा घरदैलो कार्यक्रममा हिडेपछि उनीहरुले सभाबाटै पोखरेललाई भोट मागे ।

महासचिव पोखरेलले वामपन्थी गठबन्धनको दुई तिहाई बहुमत आउने भन्दै यसपटक काठमाडौंबाट आफूलाई न्याय गर्न स्थानीयलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment