Comments Add Comment

सिद्धार्थ राणा चौथोपटक बने धेरै आयकर तिर्ने करदाता


१ मंसिर काठमाडौं । व्यवसायी सिद्धार्थ शमशेर जबरा चौंथोपटक सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाता बनेका छन् । शुक्रबार काठमाडौंमा आयोजना गरिएको छैठौं राष्ट्रिय कर दिवसको समारोहमा जबरालाई सरकारले धेरै आय कर तिर्ने व्यक्तिका रुपमा सम्मान गर्‍यो ।

उनले लगातार तीनपटक ब्यक्तिगत रुपमा सबैभन्दा बढी आयकर तिरेका छन् । त्यसअघि पनि उनले एकपटक धेरै आयकर तिर्ने करदाताका रुपमा सम्मान पाएका थिए ।

सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष रहेका जबरा सफल ब्यावसायीका रुपमा स्थापित छन् । व्यापार/ब्यवसायतर्फ धेरै आय कर तिर्ने कम्पनीका रुपमा राणाकै कम्पनी सिप्रदी ट्रेडिङ सम्मानित भएको छ ।

सबैभन्दा बढी मूल्यअभिवृद्धि कर (भ्याट) तिर्ने तिर्ने कम्पनीको सम्मान पवनकुमार इन्टरनेेशनलले पाएको छ ।

आन्तरिक राजस्व विभागले राजधानीमा गरेको कार्यक्रममा मुख्यसचिव लोकदर्शन रेग्मी र अर्थका राजश्व सचिव शिशिर ढुंगानाले अन्य उत्कृष्ट करदाताहरुलाई पनि सम्मान गरे ।

यो वर्ष सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ । भर्सन्ड टेक्नोलोजी सबैभन्दा बढी कर तिर्ने निर्यातकर्ता बनेको छ । त्यस्तै कृषि तथा पशुपंक्षीतर्फ उत्कृष्ट आयकरदाता राष्ट्रिय बिउबिजन कम्पनी ठहरियो ।

यसैगरी सहकारीतर्फ राष्ट्रिय सहकारी बैंकले सबैभन्दा धेरै आयकर बुझाउँदै सम्मान पाएको छ । बैंकतर्फ हिमालयन बैंक पनि उत्कृष्ट आय करदाताको रुपमा सम्मानित भएका छन् ।

वीमातर्फ नेपाल पुनर्बिमा कम्पनीले बढी आय कर तिरेको छ भने सूचना प्रविधिमा वर्ल्ड लिंक सम्मानित भएको छ ।

५ करोडसम्मका साना आयकरदातामा डा. उपेन्द्र देवकोटा र ५ करोडदेखि ४० करोडसम्म मझौला आयकरदाताको रुपमा गोरखा डेभलपमेन्ट बैंक समानित भएका छन् ।

स्थास्थ्य तथा शिक्षा सेवा क्षेत्राबाट त्रियोग उच्च मावि सम्मानित भएको छ । पर्यटनतर्फ टाइगर टप्स प्रालिले सबैभन्दा बढी आय कार तिरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment