+
+
Shares

नैतिक शिक्षा र प्राविधिक सीपको लागि वामपन्थीको सरकार: भुसाल

सलमान खान सलमान खान
२०७४ मंसिर १ गते १५:१९

१ मंसिर, भैरहवा । नेकपा एमालेका उपमहासचिव एवं रुपन्देही-३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुसालले युवाहरुलाई नैतिक शिक्षा र प्राविधिक सीप दिलाउनको लागि वामपन्थी नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन ।

उनले स्वदेशमै श्रम र स्वदेशमै रोजगारको लागि वामगठबन्धनलाई नै जिताउनुपर्नेमा जोड दिएका छन ।

संयुक्त विद्यार्थी निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर ३, प्रदेशसभा (क) द्धारा आयोजित अगुवा विद्यार्थी भेलालाई सम्बोधन गर्दै उपमहासचिव भुसालले भने, अहिले देशमा नैतिकताको खडेरी परेको छ, त्यो खडेरीलाई पार लगाउन हामी बामपन्थीहरुको जिम्मेवारी हो ।

उनले विद्यार्थीहरु परिवर्तनको बाहक भएको हुँदा सचेतताका साथ हरेक घरघरमा परिवर्तनको सन्देश लिएर जानुपर्ने बताए ।

उनले भने मुलुक बामपन्थीमय भएको छ, वैज्ञानिक, व्यवहारिक र जनवादी शिक्षा लागु गर्न चुनावबाट बामपन्थीलाई बहुमत दिलाउन जरुरी छ, त्यसको लागि सबै विद्यार्थीहरु शुक्रबारदेखि लाग्नुहोस ।

भेलालाई सम्बोधन गर्दै माओवादी केन्दका रुपन्देही क्षेत्र नम्बर ३ (क) प्रदेशसभा उम्मेदवार विश्वास बरालले नेपालको विभेदकारी व्यवस्थालाई फेर्न युवा विद्यार्थीहरुको भुमिका महत्वपुर्ण रहेको बताए ।

उनले भने नेपाल मान्छे उत्पादन गर्ने कारखाना मात्र बनाउन थालिएको छ, योग्य र दक्ष व्यक्तिहरुलाई विदेश पलायन गराइएको छ, त्यो सबैलाई रोकी नेपालको शिक्षा, नेपाली भूमिमा प्रयोग गर्ने गरी व्यवस्था ल्याउन वामपन्थी सरकारको आवश्यकता छ ।

संय्ुक्त विद्यार्थी परिचालन समिति रुपन्देही क्षेत्र नं. ३ की संयोजक एवं अनेरास्ववियु जिल्ला उपसचिव लक्ष्मी केसी.ले अब विद्यार्थीहरु केही दिनको लागि सबै काम थाती राखेर वामपन्थी उम्मेदवारलाई विजयी गराउन दिनरात खटिनुपर्ने आवश्यकता रहेको बताइन ।

भेलामा भैरहवा बहुमुखी क्याम्पसका स्ववियु पूर्व सचिव चक्रबहादुर थापाले नेपालका हरे सामाजिक र राजनीतिक आन्दोलनमा अग्रणी भूमिका खेलेका विद्यार्थीहरु संविधानको कार्यान्वयन गर्ने यो अन्तिम चुनावी समयमा वामपन्थी उम्मेदवारको पक्षमा उभिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?