Comments Add Comment

ईश्वर पोखरेलले भने–कांग्रेसले बहुमत पायो पटकपटक, कम्युनिस्टलाई मौका दिउँ एकपटक

१ मंसिर,काठमाडौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कांग्रेसलाई जनताले पटकपटक बहुमत दिएको र एकपटक दुई तिहाई समेत दिँदा देश झनै संकटमा परेको भन्दै एकपटक कम्युनिस्टलाई मौका दिनुपर्ने बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका पोखरेलले शुक्रबार महाराजगन्जमा स्थानीय बुद्धिजिवीहरुसँगको छलफलमा वामपन्थीले एकपटक बहुमत पाएमा स्थिर सरकार दिने बताए ।

उनले कांग्रेसले पटकपटक मौका पाएको भन्दै एकपटक कम्युनिस्टले मौका पाउनुपर्छ भनेरै गठबन्धन बनाइएको बताए ।

महासचिव पोखरेलले भने, ‘कांग्रेसले २०१५ मा दुई तिहाई बहुमत पायो, २०४८ र २०५६ मा बहुमत पायो तर, उसले बहुमतको सरकार टिकाउन सकेन । कम्युनिस्टले अहिलेसम्म मौका नपाएकाले यसपटक हामीले बहुमत ल्याउँछौं र देशको विकास सम्भव रहेछ भनेर जनतालाई विश्वास दिलाउँछौं ।’

महासचिव पोखरेलले देशको अवस्था हेर्दा आफूलाई ग्लानी हुने गरेको बताए । उनले अब पनि केही गर्न नसक्ने हो भने राजनीतिक नेतृत्व पूर्ण रुपमा असफल हुने धारणा व्यक्त गरे ।

सो अवसरमा महासचिव पोखरेललाई बुद्धिजिवी डा.दिनेश देवकोटा, शशी शेरचन, लीलजी थापा लगायत चिकित्सक र इन्जिनियरहरुले एजेण्डासहित जनतामा जान सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment