१ मंसिर,काभ्रे । ट्रिपरको ठक्करले मोटरसाइकल चालक घाइते भएपछि सुरु भएको विवाद झडपमा परिणत भएपछि बनेपा तनावग्रस्त भएको छ ।
पीडित पक्षले गरेको प्रदर्शन नियन्त्रणवाहिर गएपछि अवरुद्ध बनेको अरनिको राजमार्ग साँझ सात बजेदेखि खुलेको छ । प्रहरीले प्रदर्शनकारीहरूलार्इ लाठीचार्ज गरी हटाएर राजमार्ग सञ्चालनमा ल्याएको हो ।
पीडित पक्षले यस राजमार्गमा ट्रिपरलार्इ बन्देज लगाउन माग गर्दै नाराबाजी गरेपछि राजमार्ग अवरुद्ध बनेको थियो ।
बनेपामा बा २ ख ६१ ७३ नम्बरको लोढ भएको ट्रिपरले ना १६ प २७१७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
बनेपा हुँदै काठमाडाैंतर्फ गइरहेको ट्रिपरले फरक साईडमा गएर मोटरसाइकललाई ठक्कर दिइएको बताइएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार चालक धुलिखेल नगरपालिका २ बस्ने बिशाल तामाङ रहेको र उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आक्रोशित भिडले ट्रिपर माथि तोडफोड गरेका छन् । ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया 4