+
+
Shares

नागरिक अगुवाको आरोपः बाबुराम अवसरवादका प्रतिनिधि पात्र

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २ गते १२:४१


२ मंसिर, काठमाडौं । प्रा. पीताम्बर शर्मासहितका नागरिक अगुवाहरुले डा. बाबुराम भट्टराई अवसरवादको प्रतिनिधिपात्र बनेको आरोप लगाएका छन् ।

डा.पिताम्बर शर्मा, झलक सुवेदी, पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री, विमल निभा, चीनका लागि नेपालका पूर्व राजदूत डा. महेश मास्केलगायतका नागरिक अगुवाहरुले शनिबार संयुक्त वक्तव्य जारी गर्दै भट्टराईको आलोचना गरेका हुन् ।

‘बाबुराम भट्टराई माक्र्सवादी विचारधाराका पक्षधर मात्र नरहेको होइन, उनका पछिल्ला गैरराजनीतिक र सिद्धान्तहीन मन्तव्यहरुबाट उनी अवसरवादको प्रतिनिधिपात्र बन्न पुगेका छन् भन्ने हाम्रो ठम्याई हो’ उनीहरुले भनेका छन् ।

बाबुरामलाई अवसरवादको प्रतिनिधिपात्र भएको आरोप लगाउँदै वक्तव्य जारी गर्नेहरुमा डा. पिताम्बर शर्मा, हरि रोका, झलक सुवेदी, डा. शरद वन्त, डा महेश मास्के, कवि विमल निभा, प्रा. कैलाशनाथ प्याकुरेल, डा. महेश मास्के, प्रगतिशील लेखक संघका मात्रिका पोखरेल, दीपेन्द्र क्षेत्री र सुदिप श्रेष्ठ छन् ।

गोरखा २ मा प्रतिनिधिसभा सदस्यका लागि पूर्व प्रधानमन्त्री भट्टराई र श्रेष्ठ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । नयाँ शक्तिका संयोजक भट्टराईलाई कांग्रेसको समर्थन छ भने श्रेष्ठ वाम गठबन्धनका साझा उम्मेदवार हुन् ।

नागरिक अगुवाहरुले श्रेष्ठबारे केही बोलेका छैनन् । तर, गोरखाका जनताले ‘अवसरवादी’हरुको पहिचान गरी सही निर्णय लिने अपेक्षा गरेको उल्लेख गरेका छन् ।

साथै लोकतान्त्रिक र वाम गठबन्धन एर्काअर्काको विरोधी नभए पुरिपूरक भएको बताएका छन् । लोकतान्त्रिक वामपन्थीविरुद्ध वर्गीय शक्तिहरुको मोर्चा भएको उनीहरुको ठहर छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?