Comments Add Comment

सुर्खेतमा उम्मेदवारका साझा एजेण्डाः विकास र समृद्धि

३ मंसिर, सुर्खेत । प्रदेश र प्रतिनिधिसभाको चुनावलाई लक्षित गरी सुर्खेतका प्रमुख प्रतिस्पर्धी दल गाउँ–गाउँमा पुगेर आश्वासन बाँड्न थालेका छन् ।

मतदाता आकर्षित गर्न नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका केन्द्रीय नेतादेखि वडास्तरका नेता कार्यकर्ताहरु जतनाको घरदैलामा पुगेका देखिन्छन् ।

विभिन्न समस्या व्यवस्थापन गर्ने विषयलाई विशेष प्राथमिकतामा राखेर दलहरु जित आफ्नो पोल्टामा पार्ने कसरतमा लागेका छन् ।प्रदेश नं ६ को राजधानी सुर्खेत हुने भएकाले पनि यहाँको निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।

फोरलेन सडक र हटलेन सडक निर्माण, भेरीको पानी पम्पिङ गरेर उपत्यकामा ल्याउने योजना, चक्रपथ निर्माण र कांक्रेविहारलाई व्यवस्थित गर्ने योजना भने पुरानै हुन् ।

सुर्खेतका सबै उम्मेदवारले चुनावलार्इ केन्द्रित गरी समृद्धिको योजना अघि सारेका छन् । जनतालाई सुनाउने र भाषणमा बोल्ने सबै एजेण्डा विकास, समृद्धि र परिवर्तनसँग सम्बन्धित छन् ।

प्रतिनिधिसभा सुर्खेत क्षेत्र नं १ का कांग्रेसका उम्मेदवार पूर्णबहादुर खड्काले समृद्ध सुर्खेत बनाउनका लागि आफ्नो उम्मेदवारी दिएको बताए  “गुणस्तरीय, सन्तुलित र न्यायिक विकास, ५ वर्षभित्र जिल्लाका सबै वडामा सडक पु¥याउनाका साथै सञ्चार सेवासुविधा पु¥याउने संकल्प लिएको छु”, उनले भने ।

खड्काले गाउँको बाटाघाटा कालोपत्रे गर्न, गाउँमा सुविधायुक्त अस्पताल निर्माण, विद्यालयका भौतिक पूर्वाधारदेखि शैक्षिक अवस्था सुधार गर्दै गाउँमै उच्च शिक्षा प्राप्त गर्नका लागि कांग्रेसलार्इ रोज्न आग्रह गरे ।

सिंहदरबारको अधिकार गाउँमा ल्याएर प्रादेशिक संरचनामार्फत जनताको अधिकार संरक्षण गर्न नेपाली कांग्रेसले मात्र सक्ने उनको दाबी छ ।

वाम गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं २ बाट उम्मेदवार दिएका एमाले नेता नवराज रावतले पनि समृद्ध सुर्खेतकै नारा लिएर मतदातासँग मत मागिरहेका छन् ।

जिल्लामा सडक निर्माण नै प्रमुख एजेण्डा रहेको उनको भनाइ छ । उनले भने, “यहाँ चक्रपथ निर्माण, विमानस्थल व्यवस्थित बनाउनाका साथै खानेपानीको सुविधा पु¥याउनेछु ।”

कांग्रेस, वाम गठवन्धन, राप्रपा नेपाल तथा विवेकशील साझा पार्टीले उठाएका अधिकांश चुनावी मुद्दा समान छन् । उनीहरूले पुनर्वास, लालपुर्जा, सुर्खेत–नेपालगञ्ज टू लेन सडक निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, पर्यटन, सांस्कृतिक हब सेन्टर बनाउने विषयलाई चुनावी मुद्दा बनाएका छन् ।

यसअघिका निर्वाचनमा सुर्खेतका दलित जनजातिका मतहरु निर्णायक हुने गरेको थियो । सुर्खेतका झण्डै दुई लाख मतदातामध्ये करीब ४० प्रतिशतभन्दा बढी दलित र जनजाति छन् । यस्तै २० प्रतिशतभन्दा बढी भूमिहीन, सुकुम्वासी र बाढीपीडित छन् ।

२०७१ सालको बाढीपहिरोबाट सुर्खेतमा करिब एक हजार ४०० भन्दा बढी विस्थापित भएका छन् । तर, यसपटक निर्णायक मत विस्थापितको हुने राजनीतिक दलहरुले आँकडा गरेका छन् ।

स्थानीय तहको निर्वाचनमै विस्थापितले आफूलाई पुनर्वास नगराएसम्म मतदान नगर्ने चेतावनी दिएका थिए । सुर्खेतका राजनीतिक दलहरुले पुनर्वास गराउने प्रतिबद्धता जनाएका थिए । तरपनि बाढीपीडित व्यवस्थापन हुन सकेको छैन, अझै पनि उनीहरु त्रिपालमुनि बस्न बाध्य छन् ।

बजेट पनि विनियोजित भयो, विस्थापितको समस्या समधान नभई बजेट त्यतिकै फ्रिज भयो । तरपनि राजनीतिक दलहरु फेरि यिनीहरुका एजेण्डालाई लिएरै चुनावमा होमिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment