Comments Add Comment

मड्रिड डर्बीमा बार्सिलोना विजयी !

३ मंसिर, काठमाडौं । पहिलो मड्रिड डर्बी सकिएर वान्डा मेट्रोपोलिटाना छाड्दै गर्दा दुबै टिम खुसी रहेनन् ।

रियल र एथ्लेटिको मड्रिडले गोलसहित बराबरी खेल्नुको अर्थ बार्सिलोनाको उपाधि यात्रामा ठूलो चुनौती रहेन ।

दुबै टोली डर्बी जितेर बार्सिलोनासँगको अंक दुरी घटाउन चाहन्थे । तर, एक-एक अंक बाडेका छन् र दुबै टोली लिग लिडर बार्सिलोना भन्दा १० अंकले पछाडि छन् । बार्सिलोनाले यसअघि लेगानेसलाई ३-० ले हरायो । जसमा लुइस स्वारेजले २ गोल गरेका थिए ।

यद्यपि रियल मड्रिडले उपाधि होडमा हार मानेको छैन । ‘हाम्रो बीचमा धेरै अंक छ तर, यो परिर्वतन हुन्छ’ मड्रिड डर्बीपछि प्रशिक्षक जिनेदाने जिदानले भनेका छन्, ‘किनकी बार्सिलोनाले पनि सँधै जित्दैन । त्यसबेला हामी तयार हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment