Comments Add Comment

भेडाले चिन्छ सेलिब्रेटी

भेडालाई एकोहोरो तथा बुद्धि नभएको प्राणीको रुपमा होच्याइन्छ । तर, हालै गरिएको एक अध्ययनले चाहीँ भेडा निकै होसियार प्राणीको रुपमा रहेको र तस्वीर हेरेरै विश्वका प्रसिद्ध हस्तीहरुको पहिचान गर्नसक्ने देखाएको छ ।

बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार कहिल्यै नदेखेका सेलिब्रेटीहरुलाई समेत उनीहरुको तस्वीर हेरेर मात्र पनि भेडाले चिन्न सक्दछ ।

धेरै भेडाहरुमा गरिएको परीक्षणपश्चात् शोधकर्ताहरु यस्तो निष्कर्षमा पुगेका हुन् । शोधकर्ताहरुले यस नतिजासम्म पुग्नको लागि भेडाको एउटा झुण्डलाई प्रशिक्षित गरे र उनीहरुलाई विश्वका केही चर्चित व्यक्तिहरुको तस्वीर देखाएर प्रश्न गरे । यसमा अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामादेखि प्रसिद्ध हलिउड अभिनेत्री एमा वाटसन लगायतका तस्वीर देखाइएको थियो । भेडाले ती तस्वीरहरु पहिचान गर्न सफल भयो ।

शोधकर्ताहरुले भेडाका केही असाधारण क्षमता र यसको उपयोगका बारेमा पनि चासो राखेका छन् । भेडाले हनटिंग्टन रोग तथा पार्किन्सन्स तथा अटिजम र सिजोफ्रेनिया जस्ता मस्तिष्कजन्य रोगको उपचारमा सघाउ पूराउन सक्ने वैज्ञानिकको भनाई छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment