३ मंसिर, काठमाडौं । दुई जना चिनियाँ नागरिक १० थान अवैध मूर्तिसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिन ज्याओछेङ र वाङ छेनछुङ छन् ।
त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलको होल ब्यागेज स्क्रिनिङका क्रममा उनीहरुको साथमा रहेको कालो रंगको झोलामा ती मूर्तिहरु फेला पारिएको प्रहरीले जनाएको छ ।
उनीहरु चाइना इस्टर्न एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट चिनको कुमिङ जान लागेका थिए ।
उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4