+
+

रौतहटमा सेनाद्वारा बम निष्क्रिय

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७४ मंसिर ४ गते १६:३८

४ मंसिर, रौतहट । अज्ञात समूहले राखेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले सोमबार निष्त्रिmय पारेको छ ।

रौतहटको गुजरा नगरपालिका-५ हरिहरपुर बजार भन्दा पूर्बतिर सोमबार बिहानै प्लाष्टिकले बेरिएको अबस्थामा भेटिएको बम नेपाली सेनाको टोलिले निष्त्रिmय पारेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिदै जाँदा रौतहटमा बम आतंक बढेको छ । बम आतंकका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन् भने सुरक्षा चुनौति समेत थपिदै गएको छ ।

बाटोमा बम राखेको कारण त्यस क्षेत्रको आगामन चार घण्टा अबरुद्ध बनेको थियो ।

स्थानीयले बम देखेपछि नेपाली सेनाको टोलीले निष्त्रिmय पारेको हो । चुनाबी प्रचारप्रसारलाई बिथोल्ने हेतुले अज्ञात समूहले बम राखेको हुन सक्ने अनुमान गरिएको छ । बम निष्त्रिmय पार्दा ठूलो आवाज आएपनि बम कुन हो भन्ने खुल्न सकेको छैन ।

गत शनिबार मात्रै चन्ऽपुर-५ स्थित राधाकृष्ण मन्दिर नजिक बम बिस्फोट हुँदा ३१ वर्षीया सीता राई, ७ वर्षीय जैबिक राई, ४५ वर्षीय लक्ष्मी साह, ५४ वर्षीय रत्नबहादुर बिक, ४८ वर्षीय कुन्ता खत्री, ३९ वर्षीय गोपाल बिक, ४५ वर्षीय दिलमाया राई, ५० वर्षीय यमुना काफ्ले घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?