+

टोरन्टो ओपन तेक्वान्दोमा नेपालकी यानकुमारीले जितिन् स्वर्ण

२०७४ मंसिर  ४ गते १७:१७ २०७४ मंसिर ४ गते १७:१७
टोरन्टो ओपन तेक्वान्दोमा नेपालकी यानकुमारीले जितिन् स्वर्ण

४ मंसिर, काठमाडौं । क्यानडामा भएको टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी यानकुमारी चौलागाईले स्वर्ण पदक जितेकी छन् ।

टोरन्टोस्थित भेराइटी भिलेज एथ्लेटिक सेन्टरमा भएको खेलमा ५७ केजी तौलसमूहको फाइनलमा यानकुमारीले क्यानडाकी लौजन लौरिनलाई हराउँदै स्वर्ण जितिन् ।

प्रतियोगितामा सहभागी भएका अन्य दुई राष्ट्रिय खेलाडी ज्ञानी चुनारा र रेजिना कार्की भने पदकविहीन रहे ।

महिला ४९ केजी तौल समूहको पहिलो खेलमै रेजिना क्यानाडाकी खेलाडीसँग पराजित भइन् । ६२ केजीमुनि तौलसमूहमा ज्ञानी क्वुबाकी खेलाडीसँग पहिलो खेलमै स्तब्ध भएपछि पदकविहीन भइन् ।

च्याम्पियनसिपमा करिब १ हजार १ सय ७५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय