बलिउड हट आइटम गर्ल मलाइका अरोरा अहिले एमटीभी इण्डियाको ‘नेक्स्ट टप मोडल सीजन-३’को मुल्यांकनकर्ता बनेकी छिन् । यस शोमा उनको साथमा छन्, मिलिन्द सोमन र फोटोग्राफर डब्बु रतानी ।
तर, अहिले कार्यक्रमको भन्दा धेरै चर्चा भएको छ मलाइकाको पोल डान्सको । मलाइका मात्रै त्यस्ती डान्सर हुन् जो पोल डान्समा ग्ल्यामरससँगै कला पनि मिसाउने सामथ्र्य राख्छिन् । यद्यपि मलाइकाले पोल डान्स गरेको यो नै पहिलो पटक भने होइन ।
यस अघि सञ्जय दत्तको चलचित्र ‘काँटे’ मा पनि उनले पोल डान्स गरेकी थिइन् । ४४ वषर्ीय मलाइकाले कार्यक्रममा सहभागी युवतीहरुलाई डान्स स्टेप देखाउनका लागि पोल डान्स गरेकी थिइन् । जुन डान्स अहिले युवा पुस्ताका दर्शकका लागि चर्चाको विषय बनेको छ ।
अरबाज खानसँग सम्बन्ध बिच्छेद गरेकी मलाइकाको अहिले पनि खान परिवारसँगको राम्रो सम्बन्ध छ । सलमानको बहिनी अर्पिताको छोराको जन्मदिन पार्टीमा खान परिवारसँगै मलाइका पनि सहभागी भएकी थिइन् ।
प्रतिक्रिया 4