Comments Add Comment

हिमालयन शेर्पाले जित्यो चन्द्रागिरी गोल्डकप

५ मंसिर, काठमाडौं । अतिरिक्त समयमा फ्रेण्ड्स क्लवमाथि ३-१ को जित हासिल गर्दै हिमालयन शेर्पा क्लवले पहिलो चन्द्रागिरी फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

निर्धारित समयमा दुवै टोलीले एक एक गोलको बराबरी खेलेपछि अतिरिक्त समयमा धकेलिएको खेलमा हिमालयन शेर्पाले २ गोल गर्‍यो ।

शेर्पालाई जिताउन विसन गुरुङ, बिदेशी खेलाडीहरु पियुस हेनरी र सेडरिक अवाले गोल गरे ।

पहिलो हाफ बराबरीमा सकिएपछि दोस्रो हाफमा फ्रेण्ड्सले अग्रता लिएको थियो । ६१औं मिनेटमा फ्रेण्डसका लावलको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।

गोल गरेको केहि समयपछि नै फ्रेण्डसका रुमेश बर्ताैला दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि फ्रेण्डस दवावमा आयो । त्यसपछि लगातार दवाव झेलेको शेर्पाले अन्तिम एक मिनेट शेर्पालाई रोक्न सकेन । शेर्पाका विसन गुरुङले बराबरी गोल फर्काएका थिए ।

निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको आठौं मिनेटमा शेर्पाले खेलमा अग्रता बनायो । शेर्पाका लागि पियुस हेनरीले गोल गरेका थिए । ११८ औं मिनेटमा अर्का विदेशी खेलाडी सेडरिक आवाले गोल गर्दै शेर्पाको जित पक्का गरे । शेर्पाका सेडरिक आवा खेलको म्यान अफ दि म्याच घोषित भए ।

जितसँगै शेर्पाले नगद ५ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपबिजेता फ्रेण्ड्सले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।

हिमालयन शेर्पा क्लबका विसन गुरुङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । फ्रेण्ड्सका कप्तान धिरज श्रेष्ठ सर्वाधिक गोलकर्ता भए । उनीहरुले समान ३०-३० रुपैया प्राप्त गरे ।

प्रतियोगितामा आयोजक ब्राइट युथ क्लबसहित ‘ए’ डिभिजनका ७ टिम गरी ८ टिमको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment