Comments Add Comment

पाँच वर्षमा नेपाल दक्षिण एसियाकै नमूना मुलुकः ईश्वर पोखरेल

फाइल तस्वीर

६ मंसिर, ओखलढुंगा । नेकपा एमालेका महासचिव ईश्वर पाखरेलले वामपन्थीले बहुमतको सरकार बनाए आगामी पाँच वर्षपछि नेपाल दक्षिण एसियाकै नमूना देश बन्ने उद्घोष गरेका छन् ।

बुधबार वाम गठबन्धनको चुनावी सभालाई मानेभञ्ज्यांगमा सम्बोधन गर्दै महासचिव पोखरेलले सामाजिक न्यायसहितका समतामुलक समाज निर्माण गर्ने, सबै नागरिकलाई निःशुल्क शिक्षा, जेष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिलाई जीवनयापनका लागि आवश्यक भत्ता व्यवस्था गर्ने, एक देशीय निर्भरता हटाएर नुमना देश बनाउने दाबी गरेका हुन् ।

उनले वाम गठबन्धनका उम्मेदवाहरुलाई मत माग्दै निर्वाचन जिताए संघीय सरकारमा ओखलढुंगाका जनप्रतिनिधीको प्रतिनिधित्व आफुले सुश्निचित गर्ने पनि उनले ठोकुवा गरे ।

‘वाम गठबनधनलाई जिताउनुहोस् ओखलढुंगाबाट यज्ञराज मन्त्री पक्का, यसको जिम्मा मैले लिन्छु ।’ उनले भने । यज्ञराज सुनुवारलाई यस अघि पनि एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले मन्त्री बनाउने बचन दिएका थिए ।

वामपन्थीको सरकार बने देशमा स्थिरता आउने बताउँदै पोखरेलले वामपन्थीको सरकारले सबै नागरिकलाई गरिबीको रेखामाथि उठाउने पनि दाबी गरे ।

दशकौं शासन गरेको कांग्रेस अहिले चुनाव हार्ने डरले वामपन्थीहरुका बिरुद्ध झुठा प्रचारमा लागेको उनको आरोप छ ।

महासचिव पोखरेल ओखलढुंगाका ३ ठाउँमा चुनावी सभा सम्बोधन तथा कार्यकर्ता भेटघाट गरेर राजधानी फर्किएका छन् । खानीभञ्ज्याङको चुनावी सभा सम्बोधनअघि पोखरेल रावादोलुमा कार्यकर्ता भेटघाटमा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment