Comments Add Comment

घरमा बिछ्याउने मार्बल काट्दा करेन्ट लागेर मृत्यु

७ मंसिर, पर्वत । पर्वतको कुश्मास्थित राम मन्दिर नजिकै करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

नरेश श्रेष्ठको बन्दै गरेको घरमा मार्बल काट्ने मेसिनको तारमा छोइएर कुश्मा-११ पकुवा घर भएका ३८ वर्षीय राजु विकको मृत्यु भएको हो ।

शवलाई जिल्ला अस्पतालमा राखिएको छ । पीडित पक्षले क्षतिपूर्ति मागेका छन् । प्रहरीको रोहबरमा पीडित पक्ष, मार्बल बिछ्याउन ठेक्का लिएका ठेकेदारबीच छलफल जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment