Comments Add Comment

विद्यासुन्दर शाक्यको दाबी- वर्षापछि विकासको गति अघि बढ्यो, अब चमत्कार हुन्छ

काठमाडौंको विकासमा एकै पटक १ सय १५ योजना अघि बढे

७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वषर्ात् सकिएसँगै विकास निर्माणको कामले गति लिएको दावी गरेका छन् ।

उग्रतारा महिला तथा बाल विकास केन्द्रको काठमाडौं वडा नम्बर २५ ढोका बहालमा उद्घाटन गर्दै शाक्यले अब १ वर्षभित्र काठमाडौंमा विकासको चमत्कार देखिने बताए ।

मेयर शाक्यले भने- ‘वर्षात् सकिएसँगै काठमाडौँको विकास निर्माणको कामले गति लिएको छ । हामीले अहिले काठमाडौंको विकास निर्माणका लागि १ सय १५ वटा कार्यक्रम द्रुत गतिमा अघि बढाएका छौँ । त्यसका लागि एक अर्व भन्दा बढीको बजेट विनियोजन भएको छ ।’

कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर-७ का वाम गठबन्धन तर्फका उम्मेदवार रामवीर मानन्धरले वाम गठबन्धनको सरकार बनेपछि शिक्षा, स्वास्थ्य, रोगारीको ग्यारेण्टी हुने दावी गरे । ‘स्थानीय तहमा एमालेको नेतृत्व छ,’ मानन्धरले भने ‘प्रदेश र संघमा वाम गठबन्धनलाई विजयी बनाएर पठाउनु होला ।

कार्यक्रममा काठमाडौँ क्षेत्र नम्बर-७ प्रदेशसभा ‘क’का वाम गठबन्धन तर्फका उम्मेदवार वसन्त मानन्धरले पनि वामगठबन्धलाई विजयी बनाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment