Comments Add Comment

प्रधानसेनापति कप अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि एपिएफलाई

७ मंसिर, काठमाडौं । प्रधानसेनापति कप पाँचौं अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि सशस्त्रध प्रहरीको एपिएफ क्लवले जितेको छ ।

सैनिक मुख्यालय भद्रकालीस्थित नवनिर्मित फुटबल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा एपिएफले आयोजक त्रिभुवन आर्मी क्लवलाई ३-२ को अन्तरले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा एपिएफका तर्फबाट सावित्रा भण्डारी, रेनुका नगरकोटी र सजना रानाले गोल गरे । त्यस्तै आर्मीका तर्फबाट सपना लामा र कृष्णा खत्रीले गोल गरेका थिए ।

उपाधि बिजेता एपिएफ क्लवले ३ लाख पुरस्कार पायो भने उपबिजेतामा चित्त बुझाएको आयोजक आर्मीले १ लाख ५० हजार पुरस्कार पायो ।

प्रतियोगितामा बिधागततर्फ उत्कृष्ट खेलाडीले जनही १० हजार पुरस्कार पाए । उत्कृष्ठ गोलरक्षक एपिएफकी एञ्जिला तुम्बाहाम्फे, उत्कृष्ट डिफेण्डर र प्रशिक्षकमा पनि क्रमसः एपिएफकै मनमाया लिम्बू र जनक सिंह चुनिए । त्यस्तै उत्कृष्ट स्ट्राइकर र मिडफिल्डर क्रमसः त्रिभुवन आर्मीका कृष्णा खत्री र दीपा राई घोषित भए ।

प्रतियोगितामा भारतका दुईसहित तीन बिभागीय र पाँच बिकास क्षेत्रका टोलीहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment