Comments Add Comment

आउँदो वर्ष डुअल सिमयुक्त आइफोन

एप्पलको आइफोन भलै अत्याधुनिक फिचरयुक्त फोन किन नहोस् तर यसका प्रयोगकर्ताहरुले अन्य स्मार्टफोनमा जस्तो डुअल सिम फिचर मिस गरिरहनु परेको छ ।

तर आइफोन प्रयोगकर्ताका लागि एउटा खुसीको खबर आएको छ । अब आइफोनमा पनि दुईवटा सिमकार्ड हालेर चलाउन पाइने दिन धेरै टाढा छैन ।

समाचार अनुसार, एप्पलले आफ्नो आगामी संस्करणको आइफोनमा डुअल सिम फिचर थप गर्नेछ ।

चर्चित विश्लेषक मिंग ची कुओले आफ्नो एक नोटमा आगामी वर्ष सन् २०१८ मा आउने आइफोनका सबैखाले मोडेलमा डुअल सिम फिचर हुने दाबी गरेका छन् ।

अझ खुसीको कुरा के त भने आइफोनमा दुबै सिममा एलटीई कनेक्टिभिटी हुनेछ । जबकि अहिलेसम्मका डुअल सिमवाला स्मार्टफोनमा एक सिममा एलटीइ र अर्कोमा थ्री जी हुने गरेको छ ।

उनले लेखेका छन्, ‘सन् २०१९ मा आउने आइफोनका मोडलमा केवल तीव्र गतिको एलटीइ ट्रान्समिसन स्पीड मात्र हुनेछैन डुअल सिम स्टाण्डबाई फिचर पनि उपलब्ध हुनेछ । यी फोनहरुमा LTE+3G  को साटो LTE+LTE  कनेक्सनको सुविधा हुनेछ ।’

एलटीई टेक्नोलोजीको प्रयोगले एप्पलको कनेक्टिभिटी फिचर अझै बढि तीव्र हुनेछ । कुओले भनेका छन्, ‘हाम्रो विश्वास छ कि २०१८ मा आउने नयाँ आइफोनमा बेसब्याण्ड चिपलाई अपग्रेड गरी इन्टेलको एक्स एम एम ७५६० अथवा क्वालकोम एसडीएक्स २० को प्रयोग गरिनेछ । किनकि दुबै चिपले 4*4 MINO  टेक्नोलोजी सपोर्ट गर्दछन् । त्यसैले इन्टरनेट स्पीडले फड्को मार्ने निश्चित छ ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment