Comments Add Comment

अल्फा बिटा अन्तरकलेज फुटसलको उपाधि टाइम्सलाई

८ मंसिर, काठमाडौं । अन्फा बिटा अन्तर कलेज फुटसल प्रतियोगिताको उपाधि टाइम्स कलेजले जितेको छ ।

शंखमुलस्थित शंखमुल फुटसल मैदानमा शुक्रबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा आइडिएल कलेजलाई ६-५ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधि बिजेता टाइम्सका लागि विवेक गुरुङले २ गोल गर्दा सन्तोष महत, अनिश कार्की, अनिल खड्का र आशिष सुनामले एक एक गोल गरे । यता आइडिएलका लागि उर्केन शेर्पाले २ गोल गरे भने सागर स्याङतान, अमित लामा र सुरज जेउ ठकुरीले १ गोल गरे ।

उपाधिसँगै टाइम्स कलेजले १ लाख पुरस्कार पायो भने आइडिएलले ६० हजारमा चित्त बुझायो ।

आजै भएको सेमीफाइनलमा आइडिएलले साइपाललाई ३-२ र टाइम्सले काञ्जिरोवालाई ४-१ गोलले हराउँदै उपाधि भिडण्त तय गरेका थिए ।

तेस्रो स्थानका लागि भएको खेलमा साइपालले काञ्जिरोवामाथि ९-० गोलको फराकिलो जित निकाल्दै तेस्रो स्थानमा रहेर ४० हजार पुरस्कार पायो । साइपालका लागि मुकेश तामाङ एक्लैले ४ गोल गरेका थिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी आइडिएल कलेजका सुरज जेउ ठकुरी चुनिए । उनले १० हजार पुरस्कार पाए । प्रतियोगिताभर ११ गोल गरेका साइपाल कलेजका मुकेश तामाङले पनि सर्वाधिक गोलकर्ताका रुपमा १० हजार पुरस्कार पाए ।

तीन दिनसम्म चलेको प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ कलेजका टोलीहरुको सहभागिता थियो । पुरस्कार बिजेतालाई युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले पुरस्कार वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment