Comments Add Comment

सप्तरी कांग्रेसको निर्देशनः उपेन्द्र यादवलाई भोट हाल्नू

८ मंसिर, सप्तरी । अन्नतः नेपाली कांग्रेस सप्तरीले क्षेत्र नम्बर २ मा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्ऽ यादवलाई समर्थन गर्ने भएको छ । यादवले राजपा फोरम गठबन्धनबाट सप्तरी क्षेत्र नम्वर २ मा प्रतिनिधिसभामा उम्मेदवार बनेका छन् ।

कांग्रेस सप्तरीका सभापति दिनेश यादवले पार्टीको केन्ऽीय स्तरबाट निर्देशन प्राप्त भएको भन्दै यादवलाई सहयोग गर्न र मत हाल्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

सप्तरी २ मा कांग्रेसले सकलदेव सुतिहारले उम्मेदवार बनाएको थियो ।

यादवलाई समर्थन गर्ने निर्णयपछि सुतिहारले उम्मेदवारी फिर्ताका लागि निवेदन पनि दिएका थिए । तर, समय सकिएको भन्दै आयोगले उनको निवेदन स्वीकार गरेन । त्यसको केही दिनपछि कांग्रेसको जिल्लास्तरीय भेलाले उपेन्द्र यादवलाई समर्थन नगर्ने र सुतिहारका लागि भोट माग्ने निर्णय समेत गर्‍यो ।

तर, जिल्ला सभापति यादवले शुक्रबार क्षेत्र नम्बर २ मा पर्ने गाउँपालिकाका पार्टी अधिकारीहरुलाई पत्र पठाएर यादवलाई भोट हाल्न भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment