Comments Add Comment

बाबुराम र नारायणकाजीको चुनाव क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो

गोरखामा भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा

९ मंसिर, गोरखा । आइतबार हुने मतदानको पूर्वसन्ध्यामा गोरखा क्षेत्र नम्बर २ मा विशेष सुरक्षाको प्रवन्ध मिलाइएको जिल्लास्थित सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

लोकतान्त्रिक गठवन्धनका तर्फर्बाट नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र बाम गठवन्धनबाट माओवादी केन्ऽका नेता नारायणकाजी श्रेष्ठ चुनावमा भिड्ने भएपछि सबैको ध्यान यतिबेला गोरखा २ मा केन्ऽित भएको छ ।
यस क्षेत्रमा सुरक्षा सम्वेदनशीलता बढी भएकाले बिशेष सुरक्षा रणनीति अपनाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

‘हेभीवेट’ उम्मेदवारहरु भिड्ने भएपछि अहिले गोरखा क्षेत्र नम्बर २ मा सबैको चासो बनेको छ । आइतबारको मतदानमा सहभागी हुन डा. भट्टराई र श्रेष्ठ आ-आफ्नो क्षेत्रमा पुगिसकेका छन् ।

निर्वाचनका लागि गोरखामा २१३ मतदानस्थल र २८२ मतदान केन्ऽ निर्धारण गरिएको छ । यीमध्ये ६८ मतदान स्थल अति सम्वेदनशील, ११३ सम्वेदनशील र १२ वटामात्रै सामान्य रहेका छन् ।

आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । एउटा मतदानस्थलमा एक देखि तीनवटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएकाले ढुक्क भएर मतदान गर्न प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आग्रह गरेका छन् ।

गोरखामा कुल १ लाख ८९ हजार ४४८ मतदाता छन् ।

माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले जौबारी मतदान केन्द्रबाट आइतबार बिहान मतदान गर्नेछन् । त्यसैगरी डा. बाबुरामले आइतबार बिहान साढे ८ बजे पालुङटार नगरपालिका १ स्थित अन्नपूर्ण मावि खोप्लाङ केन्द्रबाट मतदान गर्दैछन् ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा

आइतबार हुने निर्वाचनका लागि गोरखामा सम्पूर्ण तयारी पूरा भएको छ । तोकिएका सबै ठाउँमा मतदान केन्ऽ निर्माण कार्य सम्पन्न भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्मा, प्रहरी नायव उपरीक्षक भेषराज रिजाललगायतको टोलीले शनिबार केही मतदानकेन्ऽहरुको स्थलगत निरीक्षण गरेका छन् ।

‘चुनावका लागि मतदानकेन्द्र तयार भयो कि भएन अनि मतदान गर्ने कस्तो व्यवस्था मिलाइएको छ भनेर अनुगमन गर्‍यौ,’ सहायक प्रजिअ शर्माले अनलाइनखबरसँग भने, ‘लगभग सबै ठाउँमा मतदानस्थल तयार भइसकेको रहेछ,’ साँँझसम्म सबै तयार भइसक्छन् ।’

मतदानका लागि मतदान अधिकृतसहित सबै कर्मचारी र सुरक्षाकर्मीहरु तोकिएको केन्ऽमा पुगिसकेका छन् । उनीहरुले मतदान केन्ऽ निर्माणसँगै नयाँ मतदातालाई परिचयपत्र बाँडिरहेको जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment