+
+
Shares

तस्वीरमा हेर्नुस् ताप्लेजुङको मतदान

शान्तिपूर्ण रुपमा मतदान जारी

रविन भट्टराई रविन भट्टराई
२०७४ मंसिर १० गते १८:५०

१० मंसिर, ताप्लेजुङ । ताप्लेजुङका ७३ मतदान स्थलका १ सय १४ मतदान केन्द्रमा आइतबार बिहानैबाट शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

जिल्लाका सबै मतदान केन्द्रमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताए ।

ताप्लेजुङको विकट तथा अतिदुर्गम स्थानमा रहेको फक्ताङ्लुङ गाउँपालिकाको याङ्मा, ग्याब्ला, घुन्सा र ओलाङ्चुङगोलामा पनि समयमा नै मतदान सुरु भएको कार्कीले बताए ।

ती क्षेत्रहरु हिमाली भेगमा पर्ने भएकाले चिसोका कारण बिहान कम मतदाता सहभागी भए पनि अहिले विस्तारै मतदाताको सहभागिता बढ्दै गएको उनको भनाइ छ ।

यी चार स्थान बाहेक अन्य स्थान र केन्द्रमा पनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी मोहन जिसिले जानकारी दिए ।

शनिबार सदरमुकामस्थित भानु जन माविमा रहेको मतदान स्थलमा बुथ निर्माणको क्रममा विष्फोट भएपछि विद्यालयको अर्को खेल मैदानमा मतदान स्थल सारी सुरक्षित रुपमा मतदान भइरहेको र अन्य केन्द्र र स्थानको पनि सुरक्षा व्यवस्था मजबुत भएको प्रमुख जिल्ला अधिकारी जिसिले बताए ।

सबै स्थानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित म्यादी प्रहरी परिचालन गरिएको छ । ताप्लेजुङमा मात्रै सुरक्षाका लागि २ हजार ४० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?