Comments Add Comment

पुरुष कर्मचारी र सुरक्षाकर्मीविनै महिलाले गराए मतदान !

पाँचथरको फिदिम वडा नम्बर ३ मा नमूना चुनाव

१० मंसिर, पाँचथर । जिल्ला सदरमुकाम फिदिम नगरपालिका वडा नम्बर ३ मा रहेको मतदान केन्द्रमा निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी सबै महिलामात्रै छन् ।

त्यहाँ पुरुष कर्मचारी र पुरुष सुरक्षाकर्मीविनै शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । मतदाताहरु भने महिला र पुरुष दुबै छन् ।

पाँचथरको यस केन्द्रलाई नमूना मतदान केन्द्र मानिएको छ । प्रमुख निर्वाचन अधिकृत मनोज केसीका अनुसार उक्त मतदानस्थलमा रहेका २ वटा मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहायक मतदान अधिकृत, कर्मचारी र सबै सुरक्षाकर्मीहरु पनि महिला नै रहेका छन् ।

नमूना निर्वाचनका रुपमा ती दुवै केन्द्रमा महिला मात्रै कर्मचारी खटाइएको केसीले बताए । १ सय मतदान स्थल र १६५ मतदान केन्द्र रहेको पाँचथर जिल्लामा उक्त मतदान स्थलमा मात्रै महिला कर्मचारी खटाइएको हो ।

ती मतदान केन्द्रहरुमा महिला विकास अधिकृत निर्मला दाहाल र शिक्षक दयादेवी रिजाललाई मतदान अधिकृतका रुपमा खटाइएको छ ।

जिल्लामा रहेका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतमध्ये ५ जना महिला मतदान अधिकृत छन् ।

त्यस्तै २९ जना महिला सहायक मतदान अधिकृत खटिएका छन् । जम्मा १०३१७ जना कर्मचारीमध्ये २८९ जना महिला कर्मचारी रहेको जिल्ला निर्र्वाचन अधिकारी ध्रुवकुमार राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment