+
+
Shares

नाइटोमा नरिवलको तेल लगाउँदा के के फाइदा ?

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १० गते १२:३०

नरिवलको तेल हरेक हिसाबले उपयोगी मानिन्छ । चाहे खानका लागि होस् वा केसको सौन्दर्यका लायिग । यसमा स्याचुरेटेड फ्याटको मात्रा अत्यधिक हुने भएकाले यसको पोषण महत्व पनि बढि हुन्छ ।

नरिवलको तेललाई एक औषधिको रुपमा पनि प्रयोग गरिन्छ । यसलाई नाइटोमा लगाउँदा धेरै किसिमका स्वास्थ्य लाभ हुने विश्वास लिइदै आएको छ ।

हजारौं वर्ष अगाडिदेखि नै नरिवलको तेललाई आयुर्वेदमा प्रयोग गर्न थालिएको हो । यो तेलले शरीरका आन्तरिक भागहरुमा धेरै किसिमका लाभ दिने र धेरै बिमारीहरु बचाउने विज्ञरु बताउँछन् । आउनुस नरिवलको तलका फाइदाहरुबारे चर्चा गरौं ।

१. प्रजनन क्षमता बढ्छः लामो समयदेखि विश्वास गरिदै आएको छ कि नरिवलको तेलले फर्टिलिटी रेट बढाउन सहयोग गर्छ । किनकी यसमा ट्राइग्लिसराइड पाइन्छ ।

२. उर्जा बढाउँछः नरिवलको तेलले खेलाडीहरुलाई उर्जा दिने र उनीहरुको शारीरिक स्थिति सुदृढ गर्न मद्दत गर्छ । यसका अलावा रुघाको ज्वरोबाट पनि बचाउँछ ।

३. पेटका मांसपेशी र मासिक धर्ममा आरामः नरिवलको तेलमा एन्टि अक्सिडेन्ट गुण हुने भएकाले पेटको मांसपेशीहरुको तन्काईको कारणले उत्पन्न हुने दुखाईमा आराम दिन्छ ।

४.आँखाका लागि लाभकारीः नरियलको तेलको प्रयोगले तपाईंको दृष्टि अत्यन्त राम्रो हुन्छ ।

कसरी लगाउने ?

सबैभन्दा अगाडि कपास लिने । कपासलाई नरिवलको तेलमा डुबाउनुपर्छ । त्यसपछि यसलाई आफ्नो नाइटोमा केही बेरका लागि राख्ने गरौं । १५ मिनेटसम्म त्यहाँ मसाज गर्नुपर्छ ।

यो किन लाभकारी छ ?

नाइटो यस्तो ठाउँ हो जहाँबाट बच्चाले अम्बलिकल कर्डद्वारा आफ्नो पोषण लिन्छन् । यस ठाउँबाट कैयन नशाहरु एकअर्कासँग जोडिएका हुन्छन् । त्यसैले नाइटोमा तेल दल्दा आन्तरिक अंगका लागि फाइदाजनक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?