Comments Add Comment

दाङ–१ बाम गठबन्धनलाई राप्रपाको समर्थन

११ मंसिर, दाङ । आसन्न प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनमा दाङ क्षेत्र नं. १ मा बाम गठबन्धनका उम्मेदवारहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सघाउने भएको छ ।

बामपन्थी गठबन्धनको संयुक्त निर्वाचन परिचालन कमिटी क्षेत्र नं. १ का संयोजक शुरामणी वेल्वासे र राप्रपा क्षेत्र नं. १ का अध्यक्ष विनोदकुमार केसीले संयुक्त विज्ञप्ति जारी गर्दै बाम गठबन्धनलाई क्षेत्र नं. १ मा राप्रपाले सघाउने भएको
सार्वजनिक गरे ।

राप्रपाले क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेशसभा सदस्य पदमा उम्मेदवार उठाएको छैन । समानुपातिकतर्फ मात्रै राप्रपाले उम्मेदवार उठाएको छ ।

सोमबार बामपन्थी गठबन्धन र राप्रपा क्षेत्र नं. १ को लमहीमा बसेको संयुक्त बैठकले यो निर्णय गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment