फागुण ११ मा चर्चित कलाकारहरुले अभिनय गरेको चलचित्रविच भिडन्त हुने देखिएको छ । यो मितिमा केहि दिन अगाडि मात्र चलचित्र ‘रोमियो एन्ड मुना’ले प्रदर्शन मिति तोकेको थियो । विनय श्रेष्ठ र श्रृष्टी श्रेष्ठ चलचित्रको मुख्य भूमिकामा छन् । तर, अब अर्को एक चलचित्र पनि यो मितिमा रिलिज हुने भएको छ ।
चलचित्र ‘पञ्चेबाजा’ले पनि फागुण ११ गते प्रदर्शन मिति तय गरेको छ । यो चलचित्रमा सौगात मल्ल, कर्मा, जश्मिन श्रेष्ठ, श्रृजना सुब्बा लगायतका कलाकारको अभिनय छ ।
राजेश शाहीको निर्माणमा तयार भएको चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । चलचित्रले प्रेमकथालाई नेपाली मौलिक शैलीमा उठान गरेको निर्माणपक्षको भनाई छ । सौगात र कर्माको रोजाइमा जश्मिन परेपछि हुने प्रेमयुद्धलाई चलचित्रले उठान गरेको यसको फस्टलुकले पनि स्पष्ट पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4